श्रीलङकामा राजापाक्षेको राज सकियो

Share:

पौष २५, काठमाडौं ।
चुनावी नतिजा आउनुअघि नै श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षेले आफ्नो हार स्वीकार गरेका छन् ।
हिजो भएको निर्वाचनमा परिणाम आफ्नो पक्षमा नदेखिएपछि राष्ट्रपति राजपाक्षेले हार स्वीकार गरेका हुन् । चुनावको अन्तिम परिणाम भने आउन बाँकी छ । राजापाक्षेले सरकारी निवास समेत खाली गराईसकेका उनका प्रेस सचिवलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सन २००५ यता लगातार राष्ट्रपति बनेका राजापाक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए ।
राजापाक्षेका पूर्व सहकर्मी तथा स्वास्थ्यमन्त्री माईथ्रीपाला सिरिसेनाको विजय निश्चित रहेको बताईएको छ । सन् २००९ मा गृहयुद्ध समाप्त गरेपछि चर्चाको शिखरमा पुगेका राजापाक्षेलाई पछिल्लो समय पक्षपातीको आरोप लाग्दै आएको थियो ।
श्रीलङ्काको महत्वपुर्ण र प्रभावशाली पदमा परिवार र आफन्तलाई मात्रै राखेपछि राजापाक्षेको तिव्र आलोचना भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: