
पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कास्की सहित प्रदेश अन्तर्गतका ५ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वीचोकमा कार्यरत २५ र २९ वर्षका दुई महिला कर्मचारी सहित पोखरामहानगरका २२ जनामा कोरोना देखिएको छ ।
महानगरका अन्य संक्रमित हुनेमा पोखरा– ७ का १३ वर्षीय बालक र १४ वर्षीया बालिका, पोखरा–१७ का २५ वर्षीय पुरुष, पोखरा– १५ का २८ र ४५ वर्षका दुई पुरुष, पोखरा–६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा–१४ का ४१ र ४४ वर्षका दुई पुरुष, पोखरा–२४ का ३१ वर्षीय पुरुष, पोखरा– १० का ६३ वर्षीय पुरुष र पोखरा–१६ का १७, ४८ र ५२ वर्षका ३ पुरुष तथा १७, २४, ३७, ४२, ४९ र ६६ वर्षका ६ जना महिलामा कोरोना पुष्टि भएको छ । निर्देनालयका अनुसार पोखरा–१६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।
यसैगरी लमजुङको बेशीसहरमा सामुदायीक अस्पतालमा भर्ना भएका ३८ र ६२ वर्षका दुई पुरुष तथा २८ र ४५ वर्षका दुई महिला गरी ४ जनामा कोरोना पुष्टि भएको छ भने बेशीसहरका १० महिनाकी बालिका सहित २३, ३२, ६५, ४५ र ३० वर्षका ६ महिला तथा ४१, ३४, ३०, ३७, ७५, २९ र ४८ वर्षका ७ पुरुषमा पनि कोरोना देखिएको छ ।
यस्तै शनिबार बिहान बाग्लुङको तमानखोला–१ का २६ वर्षीया महिला, बडिगाड–१ का २७ वर्षीय पुरुष, बाग्लुङ–२ का २९ वर्षीय पुरुष, गल्याङका ३८ वर्षीय पुरुष र नवलपुको हुप्सेकोट–३ का २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

