
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ । हाल भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख २० हजार पुगेको छ । भारतको स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएका हुन् ।
यस्तै भारतमा कोरोना भाइरस संक्रमणबाट ६९ हजार छ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।
यसैगरी विश्वमा दुई करोड ६७ लाख ७१ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमणबाट आठ लाख ७८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
