ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

Share:

काठमाडौँ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा आज बिहान ५ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएकामा ढलेर बेहोस भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: