नवलपुरमा कालीगण्डकी नदिको किनारमा तनहुँका अमृत मृत फेला

Share:

नवलपुर। नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ घुमाउरे स्थित कालीगण्डकी नदिको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ छिरीङ गाउँपालिका–१ का वर्ष २४ को अमृत कुमाल शनिबार मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

भदौ १५ गते सोमबार आफ्नो घरबाट स्याङ्जा चापाकोट स्थित दिदीको घर जान्छु भनि हिडेका उनी सम्पर्क बिहीन भएकोमा खोजतलाश गर्ने क्रममा आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: