देशभर आजको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशभर आइतबारको मौसममा सामान्यतया बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेकोे छ।

कमेन्ट गर्नुहोस्
Share: