भारतमा एकैदिन ९० हजार बढी संक्रमित थपिए

Share:

काठमाडौँ । भारतमा एकैदिन ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतको स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ६०० जना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १०४४ जनाको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: