
कपिलवस्तु । नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जना पत्रकारको मृत्यु भएको छ ।
कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो २ बजे मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाका अनुसार कोरोना संक्रमित ६० वर्षका पत्रकारको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा मृत्युपछि सोमबार बेलुका ५ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित थिए ।
कमेन्ट गर्नुहोस्
