पोखराका दुई सहित गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दोस्रो विज्ञप्ति जारी गरी कास्कीका २, लमजुङका १, तनहुँका ३ र स्याङ्जाका १ गरी ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं. १० का ४० वर्षीय पुरुष र वडा नं. १५ का पनि ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लमजुङ बेशीसहर–८ का ४६ वर्षीया महिला, तनहुँ देवघाट–४ का ४२ वर्षीय पुरुष, ५ का २७ वर्षीय पुरुष तथा म्याग्दे– ६ का ६० वर्षीया महिला र स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

निर्देशनालयका अनुसार पोखरा १५ का संक्रमित पुरुष नेपाल प्रहरी हुन् । उनी प्रहरी कार्यालय, रामबजार, कास्कीमा कार्यरत छन् ।

यस्तै स्याङ्जाका ८५ बर्षीय पुरुष र तनहुँकी ६० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत रहेका छन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: