
पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाईते भएका छन् । बुधबार तनहुँ र बाग्लुङ जिल्लामा तीन छुट्टाछुट्टै दुर्घटना हुँदा ५ जना घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
बुधबार तनहुँ म्याग्दे गाउँपालिका–६ शेराटार स्थित पृथ्वी राजमार्गमा थर्पुबाट बेलचौतारा तर्फ आउँदै गरेको ग.५ प.६०९२ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरको बा.१७ च.३५२० नं.को स्करपियो एक आपसमा ठक्कर खाँदा दुई घाईते भएका छन् ।
दिउँसो अन्दाजी २ः५० बजे भएको सो दुर्घटनामा मोटरसाईकल चालक तनहुँ भिमाद नगरपालिका–८ चैनपुर बस्ने वर्ष ३३ को प्रेम परियार र मोटरसाईकल पछाडी सवार सोही ठाउँका वर्ष १९ को राजन परियार घाईते भएका हुन् ।
दुबै जना लाई उपचारको लागी जि.पि.कोईराला स्वासप्रश्वास केन्द्र बेलचौतारा पठाईएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र स्कारपियो चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
यस्तै तनहुँ कै देवघाट गाउँपालिका–२ नरम भन्ने स्थानमा दमौलीबाट भिमाद हुँदै लेस कुखुरा बिक्रिको लागि गएको ना.५ च १४९ नं.कुखुरा बोक्ने बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
सो दुर्घटनामा गाडि चालक चितवन भरतपुर महानगर पालिका २८ बस्ने वर्ष २२ को राजु कुमाल र सहचालक सोही ठाउँ निवासी वर्ष ३२ को अमित कुमाल घाइते भएका हुन् । घाईते भएका गाडि चालकको अवस्था सिरियस रहेको र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज अन्दाजी १ः५५ बजे भएको उक्त दुर्घटनामा गाडी बाटो बाट अन्दाजी ३ सय मिटर तल खोल्सामा खसेको थयो ।
यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिका–१ रामरेखा स्थित भित्री सडक खण्डमा उपल्लाचौर बाट रामरेखा तर्फ जाँदै गरेको ध.१.त. ४०२ नंबरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको ध.१प ८६३५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा एक जना घाईते भएका छन् ।
बुधबार अन्दाजी २ः३० बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार जिल्ला बागलुङ –५ बस्ने वर्ष ३२ को अर्जुन आचार्य घाईते भएका हुन् । उनलाई उपचारको लागि अञ्चल अस्पताल धवलागिरी बागलुङ ल्याईएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुबै सवारी साधन र चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
