
चितवन प्रहरीले निगरानी बढाएसंगै चोरीका मोबाईलहरु पक्राउ गर्न थालेको हो । चितवन प्रहरीका अनुसार कार्यालयको सूचना संकलन तथा अनवेषण शाखाको नेतृत्वमा विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित १७ वटा मोबाइल धनीलाई जिम्मा लगाईएको छ ।
विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोबाइलहरु हराएका तथा चोरी भएको निवेदन दर्ता हुने क्रम बढेको थियो एसपी गुरुङ्गले भने, यस कार्यालयमा प्राप्त निवेदन अनुसार खोजतलासको क्रममा विभिन्न कम्पनीका १७ थान मोबाइलहरु फेला पारी फिर्ता गरेका हौँ ।, तर हाम्रो अभियान जारी छ ।
एसपी नान्तीराजले चितवनमा अझै पनि ६० वटा मोबाईल खोजी कार्य भईरहेको बताए । प्रहरीले पछिल्लो पटक आईएमई नम्बरको आधारमा हराएका मोबाईलहरु बरामद गर्न थालेको उनले बताए । हराएका मोबाईलबाट सिम प्रयोग गर्न थाले पछि आईएमई नम्बरको आधारमा पक्राउ गर्न सहज भएको प्रहरीको भनाई छ ।
हराएको मोबाइल पाएर खुशी छन् चितवनका स्थानिय रामचन्द्र अधिकारी। उनले भने, ‘एउटा निवेदनको भरमा हराएको मोबाइल पाउने आशा चै थिएन तर पाइयो।’ हुवावेको मोबाइल सेट हराएपनि प्रहरीले फेला पारेकोमा खुशि छन् अधिकारी।
अधिकारी जस्तै खुशी छन् चितवनकै कुमार लामा र उपेन्द्र खड्का। हामीले त सोचेका पनि थिएनौँ भरतपुरकी शान्ता मल्लले भनिन्, हराएको कुरा प्रहरीमा जानकारी गराएका थियौँ, पायौँ खुसी छौँ । उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिइन् ।्
चितवन प्रहरीका प्रमुख एसपी गुरुङ्ग भन्छन्, ‘‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं ।’’ उनले आम सर्वसाधरणलाई आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो बन्न सुझाव दिएका छन् ।
विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा दिएका निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी फेला परेका विभिन्न ब्राण्डका १७ थान मोबाईल फोन साढे ३ लाख रुपैयाँ बढी मुल्यको रहेको छ ।
यसरी पत्ता लाग्छ हराएको मोबाइल
