गोरखामा दुई जना मृत अवस्थामा फेला

Share:

गोरखा । गोरखामा आइतबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।

गोरखा पालुङटार नगरपालिका–९ माथिल्लो शेरा बस्ने वर्ष अन्दाजी ५० का सन्त बहादुर दर्जी पालुङटार–९ तल्लो सेराबाट ताप्ले बगैंचा जाने कच्ची बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आइतबार बिहान ८ः३० बजे मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यसैगरी गोरखा भिमसेन गाउँपालिका–८ बोर्लाङ स्थित ढाडा खोलाको किनारमा स्थानिय ३३ वर्षीय गोरे भन्ने उमेश परियार मृत अवस्थामा मृत फेला परेका छन् । उनी भदौ २६ गते बेलुका ११ बजे देखि घर परिवारको सम्पर्कमा नआएकोले आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आइतबार बिहान ९ बजे घर देखि ४०० मिटर पुर्वतिर मृत अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरीले दुबै घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: