
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ४ वटा जिल्लाका ४ महिला र ७ पुरुषको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुने महिलाहरुमा काठमाडौँमा ७१ र ४७ वर्षीया, काभ्रेपलाञ्चोकका ५५ वर्षीया तथा बाराका ४६ वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
यसैगरी नेपालमा गत २४ घण्टामा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ४०४ जना महिला र ११३५ जना पुरुषमा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा सबै भन्दा बढी काठमाडौँका ६५२ जना रहेका छन् ।
यस्तै सिराहाका २७४ जना, सुनसरीका ७० जना, ललितपुरका ६० जना, मकावनपुरका ४९ जना, रुपन्देहीका ४५ जना, सप्तरी र बाँकेका ४४/४४ जना, मोरङका ३५ जना, सल्यानका ३३ जना, कास्कीका ३२ जना, भक्तपुरका २५ जना, झापा र गोरखाका १९/१९ जना, काभ्रेपलाञ्चोका १८ जना तथा सुर्खेत र कैलालीका १४/१४ जनामा कोरोना देखिएको छ ।
अर्घाखाँचीका ९ जना, दाङका ८ जना, पर्सा र धादिङका ७/७ जना, भोजपुर र नवलपुरका ५/५ जना, बाग्लुङ र नवलपरासीका ४/४ जना, धनुषा, दोलखा, तनहुँ र रोल्पाका ३/३ जना, धनकुटा, लमजुङ, स्याङ्जा, गुल्मी, पाल्पा, बर्दिया र दैलेखका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, म्याग्दी, कपिलवस्तु, जाजरकोट, रुकुमपश्चिम र अछामका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २४ घण्टामा १ हजार ६८ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ जना पुगेको छ ।
हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना छन् भने होम आइसोलेसनमा ७ हजार ७०१ जना छन् । आईसीयुमा १७४ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । हाल ७ हजार ८२० जना क्वारेन्टीनमा छन्।
पछिल्लो २४ घण्टामा १० हजार ४९४ परिक्षण भएको छ भने हालसम्म ८ लाख ७२ हजार २७४ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
