पोखरामा ६ र स्याङजामा एक जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । कास्कीको पोखरा महानगरका ६ जना र स्याङजाका एक जना गरी गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार तेस्रो विज्ञप्ति मार्फत पोखरा महानगरका ५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, भारतबाट आएर क्वारेन्टीनमा बसेका पोखरा १७ र २५ का २१/२१ वर्षका २ पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला तथा पोखरा १४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ ।

यसअघि आजै गण्डकी प्रदेशमा ५५ जना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: