
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ । २४ घण्टामा थप ५ हजार ६०५ जनाको मृत्यु भएको हो । एकै दिन २ लाख ७७ हजार ६०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।
यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा थप ३५ हजार ६९६ जनामा संक्रमण पुष्टि भए छ । यससँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । त्यहाँ एकैदिन थप ९६९ जनाको मृत्यु भएसँगै मृतक संख्या २ लाख ५ हजार ४७१ पुगेको छ । अमेरिकामा अहिलेसम्म ४३ लाख ४६ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यहाँ संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ । गत २४ घण्टामा ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा हालसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।
