स्याङजामा पहिरोले पुरिएर एक युवकको मृत्यु

Share:

स्याङजा । स्याङजामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण गएराति घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीेको मृत्यु भएको हो ।

गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्णको पुरिएर मृत्यु भएको हो।

स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्णको शव निकालिएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्य भने सकुसल रहेका बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: