
पाल्पा । पाल्पामा पहिरोले दुई वटा घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोट बेलौजामा बिहीबार बिहान पहिरोले स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो ।
बेपत्ता हुनेहरुमा हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनीहरू आशिका गाहा र खुमिसरा गाहा रहेका छन् ।
अहिले उद्धारटोली घटनास्थलतर्फ जाँदै गरेको र भारी वर्षासँगै आएको पहिरोका कारण घटनास्थल जाने बाटो अबरुद्ध भएकाले डोजरको सहायतामा बाटो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
