
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनी होम आइसोलेशनमा बसेका छन् ।
बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको र औषधि खाँदा समेत ज्वरो कम नभएपछि मेयर महर्जनले शुक्रबार बिहानै स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिएका थिए । उनको साँझ रिपोर्ट पोजेटिभ आएको हो । उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
मेयर महर्जनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा रहन र परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
