
पोखरा । केही दिनदेखि परेको लगातारको झरी आज (शनिबार)देखि भने कम भई मौसम खुल्दै जाने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको जनाएको छ । देशका केही स्थानमा शुक्रबारदेखि नै मौसममा केही सुधार आएको थियो । तर मनसुन सकिन भने अझै केही समय लाग्ने बताइएको छ ।
हाल भारतको विहारमा न्युन चापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर–पुर्वतर्फ सरेको महाशाखाले जनाएको छ ।
अहिले कर्णाली प्रदेश, सुदुर–पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जनर चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुर–पश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
