विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख नाघ्यो, ९ लाख ९३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ३४० पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ४१३ पुगेको छ । हालसम्म विश्वमा २ करोड ४१ लाख ७१ हजार ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४४ हजार १८४ पुगेको छ। अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका हुन् । त्यहाँ अहिलेसम्म २ लाख ८ हजार ४४० संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म ४४ लाख ८० हजार ७१९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै दोस्रो प्रभावित भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या ५९ लाख १ हजार ५७१ पुगेको छ। भारतमा ९३ हजार ४१० संक्रमितको मृत्यु भइसकेको छ । त्यहाँ गत २४ घण्टामा १ हजार ९३ जनाको मृत्यु भएको हो । भारतमा हालसम्म ४८ लाख ४६ हजार १६८ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: