
पोखरा । पोखराका १० जना सहित गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार दिउँसो प्रदेश अन्तर्गत कास्की सहित ४ जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत पोखरा महानगरपालिका वडा नं. ४ का ४५ र ४७ वर्षीय दुई पुरुष प्रहरी, नवलपुर राष्ट्रिय वाणिज्य वैंक गैंडाकोटा शाखामा कार्यरत पोखरा वडा नं. ६ की २६ वर्षीया महिला तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कार्यरत पोखरा वडा नं. १० का ४७ वर्षीय पुरुष समेत रहेका छन् ।
यस्तै पोखरा वडा नं. १३ की ५४ वर्षीया महिला, वडा नं. १४ का २७ र ४३ वर्षीय पुरुष, वडा नं. १५ का २० वर्षीय पुरुष र ३५ वर्षीया महिला र वडा नं. १६ का २५ वर्षीय पुरुषमा पनि कोरोना सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी मनाङ चामेमा नेपाल प्रहरीमा कार्यरत ३१ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी वडा नं. २ का २५ वर्षीय पुरुष, तनहुँ भानु वडा नं. २ का २६ वर्षीय पुरुष, लमजुङको दुधपोखरी वडा नं. ६ का २५ वर्षीय पुरुष, राइनाशका वडा नं. ६ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ६० पुगेको निर्देशनालयले जनाएको छ ।
