पोखरामा २० घण्टाका नवजात शिशुसहित ३ जनामा कोरोना पुष्टि, गण्डकीमा ३३ जना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ३ जना सहित गण्डकी प्रदेशमा ३३ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार हालसम्म स्वास्थ्य निर्देशनालयले दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका पोखरा ४ का २० घण्टाका नवजात शिसुसहित थप ३ जनामा कोरोना पुष्टि भएको छ । नवजात शिसुलाई सोही अस्पतालको एन.आई.सि.युमा राखेर उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी पोखरा २ का ६५ वर्षीय पुरुष र पोखरा २० का ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पहिलो विज्ञप्ति अनुसार प्रदेशका कास्की र गोरखा र नवलपुर गरी ३ जिल्लाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. २ का २८ वर्षीय पुरुष, गोरखाको आरुघाट वडा नं. ९ का २४ वर्षीय पुरुष एवं नवलपुर गैंडाकोट वडा नं. १ का ३३, ४७ र ४६ वर्षका पुरुष, वडा नं. २ का ९ र १२ वर्षका बालक सहित ४० वर्षका दुई पुरुष तथा २८ र ६१ वर्षका पुरुष तथा ६ र ७ वर्षका बालिका सहित ३३, ३५, ३६, ४६, ६१ र ६३ वर्षका महिला, वडा नं. ४ का ३७ वर्षीया महिला तथा १३ र १५ वर्षका पुरुष, वडा नं. ८ का ४९ वर्षीया महिला तथा २८, ३०, ३७, ५७ र ६३ वर्षका पुरुष, वडा नं.१३ का २० वर्षीय पुरुष, वडा नं. १४ का २९ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: