नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँका ३४ र ८६ वर्षका महिला तथा ५४ वर्षीय पुरुष, सुनसरी ६० वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष र रुपन्देही ८२ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। हाल ५ हजार ४२८ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २०१ जना र भेन्टिलेटरमा ३० जना उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्
Share: