
पोखरा । गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहान बाग्लुङका ६ जना र नवलपुरका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार भारतबाट आएका बाग्लुङको निसिखोला ५ का २० वर्षीय पुरुष, ३ का २६ र ३१ वर्षका पुरुष तथा रौतहट जिल्लाबाट आएका बाग्लुङको गल्कोट ४ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी नवलपरासी (ब.सु.पू) को देबचुली २ का वार्ड कार्यालयमा कार्यरत ४३ बर्षीय पुरुष, कावासोती ८ का २७ वर्षीय पुरुष, ३ का ३० वर्षीया महिला, ९ का ३५ वर्षीया महिला र २ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९२१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

