सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

Share:

पोखरा । सुनको मूल्य आज (शुक्रबार) तोलामा दुई सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: