पोखराबाट लागूऔषध सहित ५ जना पक्राउ

Share:

पोखरा । पोखरामा ठूलो मात्रामा लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ जोगमणीका २१ वर्षीय समीर गुरुङ, सोही स्थानका २१ वर्षीय अथित गुरुङ, पोखरा १६ बाटुलेचौरका २४ वर्षीय मोहित खवास, पोखरा १९ का १८ वर्षीय मनोज विक तथा धादिङको सुनौलाबजार ६ स्थायी घर भइ पोखरा १६ जोगमणी बस्दै आएका ३० वर्षीय कुमार ठकुरी रहेका छन् ।

लागूऔषध बिक्री बितरण गर्दै आएको भन्ने सूचनाका आधारमा पोखरा १६ तुम्के स्थितमा बाटोमा हिडिरहेको अवस्थामा उनीहरुलाई शनिबार साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल र गाँजा १ केजी २२३ ग्राम बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ विपरीतको कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: