
पोखरा । देशभर बिहीबारको मौसम आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा हल्का पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै राति पनि देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
