
पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान ९ कोरोना संक्रमित थपिएका छन् ।
बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा नवलपुरमा ८ र लमजुङमा १ गरी ९ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा लमजुङ जिल्लाको सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर जिल्लाको गैँडाकोट वडा नं. २ की ४९ वर्षीया महिला, वडा नं. ४ की ५० वर्षीया महिला र वडा नं. ५ का २९ वर्षीय पुरुष, हुप्सेकोट वडा नं. ४ का ३२ वर्षीय पुरुष, कावासोती वडा नं. १ का २५ वर्षीय पुरुष र वडा नं. ८ का २३ वर्षीय पुरुष तथा देवचुली वडा नं. २ की ३४ वर्षीया महिला, वडा नं. १४ का २५ वर्षीया महिला रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १० पुगेको छ ।
