
काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९९१ संक्रमितको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
कोरोनाबाट भारत सार्क मुलुकमा पहिलो र विश्वमा दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
