स्याङ्जाको भुजुङ्गे शिव मन्दिरको पूनर्निर्माण

Share:

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका ६ टिकाजामा रहेको भुजुङ्गे शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक सम्पदाहरु बचाउनु हाम्रो दायित्व भित्रै पर्दछ भन्ने अभियानलाई ध्यानमा राखी स्थानीय युवाहरु मिलेर लकडाउनको सदुपयोग गर्दै मन्दिरको पुनर्निर्माण गरिएको हो ।

वि.सं २०४२ सालमा तत्कालिन वडा अध्यक्ष डोरनाथ ढकाल, सामाजिक व्यक्तित्व याम नारायण ढकाल लगायत समाजका बौद्धिक व्यक्तिहरुको सक्रियतामा स्थानीयको श्रमदानमा चन्दा संकलन मार्फत निर्माण मन्दिर सहितको धार्मिक स्थल निर्माण गरिएको थियो ।

धार्मिक आस्थाका रूपमा पुज्ने साबिकको फापरथुम गाबिसका ६,७,८,९ वडाका साथै पुतलीबजार बजार को वडा नं. १४ को केही भाग पातलेखर्क, टोडके लगायतका स्थानियको भेला बसि ७ सदस्यीय निर्माण समिति गठनगरि स्थानियकै सक्रियतामा मन्दिर पुनर्निर्माण गर्ने अभियान सुरुबाट भएको स्थानिय बुद्धि ढकालले जानकारी दिए ।

समितिको अध्यक्षमा अर्जुन ढकाल रहने गरि नरेन्द्र ढकाल, रमेश ढकाल, जीवन ढकाल अनुरागी, दिनेश ढकाल, स्थानिय युवा क्लबका अध्यक्ष राजु ढकाल र चण्डीमाई आमा समूहका अध्यक्ष ज्ञानुमाया ढकाल सदस्य रहने गरि ७ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।

धार्मिक इतिहास बोकेको यस मन्दिरको आफ्नै बिशेषता पनि रहेको पाइन्छ । पत्नी बियोगको पिडा रहेका शिव भगवानले आफ्नी पत्नीमृत शरीर बोकि हिड्दा यो भुजुङे भन्ने ठाउँमा ठुलो तलाउ रहेको र सोही तलाउमा शिव भगवानले पानी पिएको किम्बदन्ती रहेको पाईन्छ । सोही किम्बदन्तीलाई मान्दै परापूर्वकाल देखि नै यो मन्दिर भएको ठाउँमा रहेको ढुङ्गालाई पुजा गर्ने चलन रहेको तर आर्थिक अवस्थाकमजोर भएकोले मन्दिर निर्माण गर्न नसकेको स्थानियको भनाइ छ।

स्थानिय एवम् तत्कालिन कृषि मन्त्री त्रिलोचन ढकालले भुजुङे शिव मन्दिर यात्रालाई सहज बनाउन फेदि देखी मन्दिर सम्म बाटोको स्तरोन्नति गरिनुपर्नेे बताउँदै यस कार्यका मन्दिर क्षेत्र संरक्षण तथा संवर्धन समिति र गाउँपालिका बिच सहकार्य निरन्तर जारी रहनुपर्ने बताए ।

कुल लागत खर्च ११लाख लाग्ने अनुमान रहेको र अहिलेसम्म कुल ७ लाख ६० रकम स्थानिय सहयोगि दाताबाट उठेको निर्माण समिती सदस्य रमेश अधिकारीले जानकारी दिए । साथै अझै सहयोग उठ्ने उनले आशा व्यक्त गरे ।

आधिखोला गाउँपालिका भित्रकै अन्धा–अन्धी पछिको धार्मिक र पर्यटकिय मन्दिर लाई गाउँपालिका र वडाबाट कुनै सहयोग नहुदा दुःख लागेको निर्माण समिति सदस्य जिबन ढकाल अनुरागीले बताए ।

निर्माण तीब्र रुपमा भइरहेको मन्दिर आर्थिक कारणले काम नरोक्ने र नपुगेको रकम मध्ये केही रकम स्थानिय आमा समुह संचालित रकम बाट खर्च गर्ने बाँकी रहेको रकम तिहारमा देउसीर भैलोबाट उठाउने योजना रहेको निर्माण समितिका सदस्य नरेन्द्र ढकालले बताए ।

अहिले निर्माण पछि पर्यटकलाई मात्र हैन, स्थानीयलाई समेत गौरव भएकोगाउँपालिका ६ का स्थानीय एक नारायण ढकालले बताए। उनले भने, ‘पहिला निकै जोखिम थियो। अहिले निर्माण गरिएको ठाउँमा गएर जोकोहि पनि रमाउने गरेका छन्। गाउँमा जो कोहि पनि मन्दिर सम्म पुगेर फोटो खिचाएरै मात्रै आउने गर्छन्। सबैले गर्व गर्ने विषयको रुपमा मन्दीर पुनर्निर्माण भएको छ।’

ऐतिहासिक शिव भगवानले पानी पिएको क्षेत्रको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनाउन गाउँपालिका पनि ध्यान जानुपर्ने निर्माण समितीका सल्लाहकार समाजसेवी शरद ढकालले बताए ।

कमेन्ट गर्नुहोस्
Share: