पोखराका २६ सहित गण्डकी प्रदेशमा ७५ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार हालसम्म तीन पटक विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्ति अनुसार पोखराका १० जना सहित गण्डकी प्रदेशमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३ का ३० वर्षीया महिला (ओम अस्पताल पोखरामा कार्यरत स्टाफनर्श) तथा ३१ वर्षीय पुरुष, वडा नं. ८ का ३८ वर्षीय पुरुष, वडा नं. १२ का ४९ वर्षीय पुरुष, वडा नं. १७ का ३० वर्षका ३ पुरुष, वडा नं. ३३ का ४२ वर्षीय पुरुष तथा वडा नखुलेका ५४ वर्षीय पुरुष रहेका छन् ।

तनहुँको जी.पी. कोईराला स्वाशप्रश्वास उपचार केन्द्र दुलेगौडामा कार्यरत स्टाफनर्श २३ बर्षीया महिला, सोहि अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी २९ बर्षीया महिला र २७ बर्षीय पुरुष, तनहुँ ऋषिङ वडा नं. २ का २० वर्षीय पुरुष, वडा नं. ४ का २१ र ३१ वर्षीय पुरुष, व्यास वडा नं. ४ का ७२ वर्षीय पुरुष, बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. १ का जनप्रतिनिधि ३८ बर्षीय पुरुष सोहि वडाकी ३५ बर्षीय महिला स्वास्थ्यकर्मी, वडा नं. ५ का ५५ वर्षीय पुरुष, वडा नं. ७ का ४५ वर्षीया महिला, वडा नं. ९ का २३ र ३० वर्षीय पुरुष, वडा नं. १० का ४३ वर्षीय पुरुष, बाग्लुङ कै ताराखोला वडा नं. ३ का ३३ बर्षीय पुरुष, जैमिनी वडा नं. १० का ४२ बर्षीय पुरुष, वडा नं. ५ का ३४ बर्षीय पुरुष, वडा नं. ७ का ३०वर्षीया महिला एवं गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ४ का २३ र ६३ वर्षीय पुरुष, भीमसेनथापा गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी दोस्रो विज्ञप्ति अनुसार पोखराका ६ जना सहित गण्डकी प्रदेशमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ का २३, ४८ बर्षीय पुरुष, वडा नं. २ का ६२ वर्षीय पुरुष, वडा नं. १५ का ५१ वर्षीय पुरुष, वडा नं. ४ का २१ वर्षीय पुरुष, वडा नं. १४ का ७७ वर्षीय पुरुष, म्याग्दी बेनीका ५४ वर्षीया महिला, लमजुङ सुन्दर बजार वडा नं. ९ का ४९ वर्षीय पुरुष, नवलपुरको गैंडाकोट वडा नं. ११ का ३१ र ५२ वर्षीया महिला तथा ४८ र ६५ वर्षीय पुरुष, वडा नं. १३ का २७ वर्षीय पुरुष तथा ३० र ६७ वर्षीया महिला, वडा नं. १२ का २५ वर्षीया महिला, वडा नं. ९ का ५१ वर्षीय पुरुष, वडा नं. ६ का २८ वर्षीय पुरुष तथा २१ र ५२ वर्षीया महिला, वडा नं. २ का ४५ वर्षीया महिला तथा २१ र २६ वर्षीय पुरुष, वडा नं. का २० वर्षीया महिला तथा २४, ३४ र ४४ वर्षका पुरुष, वडा नं. ५ का ५० र ५६ वर्षीय पुरुष, वडा नं. ११ का २३ वर्षीय पुरुष र २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तेस्रो विज्ञप्ति अनुसार पोखराका १० सहित प्रदेशमा १३ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ३१ बर्षीय पुरुष (सडक कार्यालय पोखरामा कार्यरत कर्मचारी), सोही वडाका ६० वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नं.१७ का ३५ बर्षीय महिला (नेपाल बिद्युत प्राधिकरण, पोखरा शाखामा कार्यरत कर्मचारी), सोही वडाका २९ वर्षीया महिला तथा ४२ वर्षीय पुरुष, महानगरपालिका वडा नं.१ का ३७ बर्षीय पुरुष (कपडा पसल सञ्चालक) र वडा नं. २६ का २६ बर्षीय पुरुष (होम डेकोर सञ्चालक) , वडा नं. १३ का ३१ वर्षीय पुरुष तथा १७ वर्षीया महिला, वडा नं. १० का २४ वर्षीया महिला रहेका छन् ।

यस्तै गोरखा जिल्लाको पालुङटार वडा नं. ७ का २५ वर्षीया महिला, स्याङ्जाको चापाकोट वडा नं. ८ का ५१ वर्षीय पुरुष एवं पर्वत जिल्लाको कुश्मा वडा नं. १० का ३० बर्षीय पुरुष नेपाल टेलिकम, काठमाडौँमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६९२ पुगेको पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: