
पोखरा । दुई स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान कास्की र लमजुङका २,२ जना, बाग्लुङका १ जना तथा गोरखाका ११ जना गरी १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार ओम अस्पताल पोखरामा कार्यरत कास्की पोखरा वडा नं. १७ की १९ वर्षीया महिला र सहोदर अस्पताल लमजुङमा कार्यरत स्वास्थ्यकर्मी लमजुङ राईनास वडा नं. ७ की ३९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
अन्य संक्रमितहरुमा कास्कीको पोखरा वडा नं. ७ की २९ वर्षीया महिला, लमजुङको राईनास वडा नं. ६ का २१ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिकाका १६ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी गोरखाको आरुघाट वडा नं. ८ का ३२ वर्षीय पुरुष, वडा नं. ९ का ३० वर्षीया महिला, सहिद लखन वडा नं. ७ का २८, ४५ र ४७ वर्षका पुरुष, बारपाक सुलिकोट वडा नं. ४ का २० वर्षका दुई पुरुष, पालुङटार वडा नं. १ का २३ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं. ४ का ३० वर्षीया महिला, वडा नं. ६ का २४ वर्षीया महिला र ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७६९ पुगेको निर्देशनालयले जनाएको छ ।
