उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

Share:

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न पनि सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित विरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।

यसैगरी मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने उनले जानकारी दिए । तर त्यहाँ संक्रमित बाहेकका अन्य सर्वसाधारण भने राख्न नपाइने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: