
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२३३ जना महिला र २३२३ जना पुरुषका कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ जना पुगेको छ।
आज काठमाडौँ उपत्यकामा २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ६८.३ प्रतिशत हो ।
हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। ६६ जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । हाल क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७९५ रहेको छ ।
२४ घण्टामा १५ हजार ५७७ जनाको कोरोना परीक्षण भएको छ। हालसम्म भने १२ लाख ७ हजार ९१ परिक्षण भएको छ।
