पोखराको चरक हस्पिटलमा बाग्लुङका कोरोना संक्रमित पुरुषको मृत्यु

Share:

पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–२ का ७७ बर्षीय संक्रमित पुरुषको आज दिउँसो १२ः१० बजे मृत्यु भएको हो ।

बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–२ का ७७ बर्षीय संक्रमित पुरुषको आज दिउँसो १२ः१० बजे मृत्यु भएको हो ।

ती पुरुष यहि असोज २५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ती पुरुषमा कोभिड–१९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ८, स्याङ्जाका ५, लमजुङ र बाग्लुङका २र२ तथा म्याग्दीका १ जना छन् ।

कमेन्ट गर्नुहोस्
Share: