स्याङ्जामा राजनैतिक कार्यक्रमहरु तिहारसम्मका लागि स्थगन

Share:

स्याङ्जा। स्याङ्जामा राजनैतिक दलहरुको विभिन्न सामुहिक भेटघाट तथा सांगठनिक कार्यक्रमहरु तिहारसम्मका लागि स्थगन गरिने भएको छ ।

पछिल्लो समय तिव्र रुपमा फैलिदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस स्याङ्जाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो निर्णय गरिएको जानकारी दिएको हो ।

‘नजिकीदै गरेको महन पर्व विजया दशमी र दिपावलीलाई मध्यनजर गर्दै राजनैतिक दलहरुले गर्ने शुभ–कामना आदान–प्रदान, सामुहिक भेटघाट, पार्टी प्रवेश, चियापान र सामुहिक रुपमा हुने सांगठनिक कार्यक्रमलाई दशैं एवं तिहारसम्मलाई स्थगन गर्ने निर्णय गरिएको छ ।’ नेकपा जिल्ला कमिटी, स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) र कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका सभापति बुद्धिराज राना (कुमार) द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

निर्णय बमोजिम आ–आफ्नो मातहतको कमिटिलाई परिपत्र गर्ने र जिल्लामा हुने आवतजावतलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको कार्यलाई समेत सहयोग गर्न आम पार्टी पंक्ति साथै स्याङ्जाबासीलाई पनि अपिल गरिएको छ ।

यस्तै जिल्लाबासीलाई यस वर्षको चाडपर्व आ–आफ्नै घरमा बसेर मनाउन पनि विज्ञप्ति मार्फ अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: