
पोखरा । पोखरामा अवैध लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भइ हाल पोखरा १० रामबजार बस्दै आएका २० वर्षीय प्रकाश विक रहका छन् ।
जिल्लामा लागुऔषधको ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहात वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले पोखरा–३ नदिपुरमा चेकजांच गर्ने क्रममा राती अन्दाजी १ ः३० बजे अवैध लागुऔषध सहित विकलाई पक्राउ गरेको हो ।
प्रहरीले विकको साथबाट निलो प्लाष्टिकको झोलामा लुकाई राखेको गाँजा ६५० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका विकमाथि लागुऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १८ दिनको म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
