पोखराका २७ सहित गण्डकी प्रदेशमा फेरी थपिए ३० कोरोना संक्रमित

Share:

पोखरा । पोखराका २७ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउँसो फेरी ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीक्षणमा कास्कीको पोखराका २७ तथा लमजुङ, स्याङ्जा र म्याग्दीका एकरएक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ३२ र ७१ वर्षीय पुरुष, वडा नं २ का ३५ वर्षीय पुरुष वडा नं ३ का ३० वर्षीय पुरुष, वडा नं ४ का ३५ र ३८ वर्षीय पुरुष, वडा नं ५ का १६ वर्षीया महिला, वडा नं ७ का २२ र ४८ वर्षीया महिला, वडा नं ८ का ४२ र ५२ वर्षीया महिला, वडा नं ९ का २३ वर्षीय पुरुष र २५ वर्षीया महिला, वडा नं १० का ३५ वर्षीय पुरुष, वडा नं ११ का २४ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं १२ का ३४ वर्षीय पुरुष, वडा नं १३ का २४ वर्षीय पुरुष, वडा नं १४ का ३१ वर्षीय पुरुष, वडा नं १७ का २३, ३५ र ४६ वर्षीय पुरुष र २२ वर्षीया महिला, वडा नं २० का ४२ वर्षीय पुरुष, वडा नं २८ का ७० वर्षीय पुरुष, वडा नं ३३ मा नौ महिनाका बालिक तथा पोखराका वडा नखुलेका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ का ४४ वर्षीय पुरुष, स्याङ्जाको हरिनास गाउँपालिका वडा नं ६ का १८ वर्षीय पुरुष र लमजुङको मध्य नेपाल नगरपालिका वडा नं ४ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: