
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ९४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको हो ।
यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा थप ५९३ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ ।
हालसम्म त्यहाँ ६७ लाख ३० हजार ३७९ जना संक्रमणमुक्त भएका छन् । भारत कोरोना संक्रमणबाट विश्वकै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
