
पाखरा । पोखराका २ सहित गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार बिहान कास्कीको पोखरा महानगरपालिकाका २ जना, तनहुँका ३ जना र लमजुङका ११ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा स्थित फेवासिटी अस्पतालबाट स्वाब संकलन गरिएको ५९ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, तनहुँका ऋषिङ १ का २४, २८ र ४५ वर्षीय पुरुष एवं लमजुङ दोर्दी ६ का २२ वर्षीय पुरुष तथा ११ वर्षीया बालिका सहित १७ वर्षीया महिला, ४ का ४६ वर्षीय पुरुष, क्लोहसोथार ४ का २७ वर्षीय पुरुष र पालिका नखुलेका २९, २५, ४३, ३०, २४ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको छ ।
