पर्यटकीय क्षेत्र सराङकोटमा खानेपानी आयोजना शुभारम्भ

Share:

पोखरा । लामो समयदेखि खानेपानीको चरम समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १, २ को उत्तरी भेग र १८ को दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक बर्ष भित्र खानेपानीको सुविधा पाउने भएका छन् ।

पहिलोचरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ पोखरा महानरपालिकाको दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान पोखरा शाखाको ८६ लाख सात हजार ७७८ रुपैयाको लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाईपलाईन विस्तार गरि लिप्mिटङ प्रविधिबाट सराङकोटमा जम्मा गरि गरि वितरण गर्न लागिएको हो ।

सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासिलाई पु¥याउने लक्ष्य अनुरुप योजना अघि बढाइएको बताए ।

योजनालाई समयमै सम््पन्न गर्न स्थानीय वासिको जागरुक्ता आवश्यक हुने बताउँदै उनले निर्माण व्यवसायिले पनि जिम्मेवारीता र इमान्दारीता निभाउनु पर्नेमा जोड दिए । “जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो” प्रमुख जिसीले भन्नुभयो,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्धार प्रणाली आवश्यक छ ।”

पोखरा महानगरपलिका वडा नं १ का वडाअध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडा भित्र लामो समयदेखि स्थानीय बासिले भोग्नु परेको खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गरे ।

नेपाल खानेपानी संस्थानका बसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पु¥याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्थामा गरिने जानकारी दिए ।

सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्ने छ ।

सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई वटा पानी ट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाईन विस्तार गरिने उनले जानकारी दिए ।

महानगरपालिका अन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सकने गरि संस्थानको पराजुली, सावित्री नौघरे जे.भी.निर्माण कम्पनीसँगै सम्झौता गरिएको छ ।

गण्डकी प्रदेश सरकारले शुरु गरेको एक घर एक धारा अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: