
पोखरा । देशका पहाडी क्षेत्रमा शनिबार आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदलीको सम्भावना देखिए पनि अहिले नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले अधिकांश क्षेत्रमा मौसम सफा हुने मौसमविदले बताएका छन् ।
हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कमेन्ट गर्नुहोस्
