
पोखरा । देशका केही स्थानमा आइतबार आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदलीको सम्भावना देखिए पनि अहिले नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले अधिकांश क्षेत्रमा मौसम सफा हुने मौसमविदले बताएका छन् ।
हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राती प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
