बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित

396
0
Share:

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्।

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको अमेरिकी मिडियाहरुले जनाएको छ ।

राष्ट्रपति बन्नका लागि ५१ राज्यबाट २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका छन्। सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए।

१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए।

कमेन्ट गर्नुहोस्
Share: