
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै थप ५५७ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा ७८ लाख ६७ हजार २९१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट भारत विश्वकै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
