
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १२ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कुल संक्रमितको संख्या ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ ।
यस्तै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।
विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।
हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० रहेको छ ।
कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ४ लाख २१ हजार ८३१ पुगेको छ ।
यस्तै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ४४८ पुगेको छ भने ६५ लाख ५२ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।
दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ५७ हजार २०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २७ हजार १०४ पुगेको छ ।
