तनहुँमा २८६ एम्पुल लागूऔषधसहित ३ जना पक्राउ

Share:

तनहुँ। तनहुँ शुक्लागण्डकी नगरपालिका–४ कोत्रबाट सोमबार प्रहरीले २८६ एम्पुल लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ४ निवासी २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षीय मनोज क्षेत्री र गोरखा आरुपोखरीथोक घरभई तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदी निवासी ३० वर्षीय रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम १०४ एम्पुल, नुफिन ८९ एम्पुल र फेनरागन ९३ उम्पुल गरी कूल २८६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद अवस्थामा देखिएपछि तनहुँको बेलचौतारा स्थित प्रहरी टोलीले खानतलासी गर्दा तीन व्यक्तिको साथबाट उक्त मात्राको लागूऔषध फेला पारेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध अन्तरगत मुद्दा दर्तागरी थप अनुसन्धान शुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: