
पोखरा । बुधबार (आज) देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण अधिकांश स्थानको मौसम सफा रहने मौसमविदले बताएका छन् ।
अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
