सत्तारुढ नेकपा सचिवालय बैठक आज बस्दै

458
0
Share:

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

लामो समयको रस्साकस्सी पछि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएकोमा बैठक शुक्रबार अपरान्ह चार बजेका लागि बोलाइएको हो ।

गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले दुई पाने लिखित पत्र बुझाएर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई बैठकका लागि दबाब दिएका थिए।

ओलीले भने बैठक बस्न चासो नदिएपछि बहुमत पक्षले औपचारिक बैठक नै बोलाउने तयारी गरेको थियो। त्यसपछि ओलीले महासचिव विष्णु पौडेललाई बैठकको तयारी गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: