
काठमाडौँ । नेपालमा थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५४ महिला र १२५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ९१९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै ललितपुरका १८० जना, मोरङ, सुनसरी र भक्तपुरका १०८/१०८ जना, कास्कीका ७६ जना, झापाका ५६ जना, नवलपरासी पूर्वका ४७ जना, कैलालीका ४१ जना, काभ्रे र रुपन्देहीका ४०/४० जना, बाँकेका ३३ जना, मकवानपुर र बर्दियाका २५/२५ जना, पाल्पा र सिरहाका १९/१९ जना, धादिङ र नुवाकोटका १७/१७ जना सप्तरीका १६ जना, धुनषाका १५ जना, चितवनका १४ जना, कञ्चनपुरका ११ जना र स्याङजाका १० जनामा कोरोना संक्रमण देखिएको छ ।
सिन्धुपाल्चोक र डोटीका ९/९ जना, दाङका ८ जना, उदयपुर, पर्सा, महोत्तरी, दोलखा, रोल्पा र नलवपरासीका ७/७ जना, सर्लाही, सिन्धुली, बागलुङ र गुल्मीका ६/६ जना, तेह्रथुम, गोरखा र कपिलवस्तुका ५/५ जना, बझाङ, पाँचथर, भोजपुर, तनहुँ, प्यूठान र इलाम ४/४ जना, खोटाङ, धनकुटा, सोलुखुम्बु, दार्चुला, रामेछाप, पर्वत, सुर्खेत र रौतहटका ३/३ जना, बारा, माग्दी, लमजुङ र सल्यानका २/२ जना तथ ओखलढुंगा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुम पश्चिम, हुम्ला र अछामका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ। यो कुल संक्रमितको ८१.५ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।
हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित छन्। ८७ जना भेन्टिलेटरमा र ३ सय ८७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। क्वारेन्टीनमा ९८६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ परिक्षण भएका छ । हालसम्म देशभर १५ लाख ९३ हजार ८५० पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
